असीमित अक्षरहरू
|सिधा राजमार्ग झैं
सिधा लेखिएका
हेर्दा सुन्दर
भोग्दा कष्टकर
हाम्रा अग्ला पहाड-हिमालझैं
लेखिएका,
सोचिएका,
सोचको
आफैंले
आफूलाई
आदर्श
आफैंले आफैंलाई आदर्शको
होचा
सोचको भ्रूण बनिनसकेका
असीमित अक्षरहरू ।
आफैंले
आफूलाई मानक बनाएर
निर्माण गरिएका ढक-तराजुहरू,
आफैंले
आफैंले आफैंलाई आदर्श मानेर
कल्पना गरिएका
दुई शब्दका वादहरू,
आफैंले आफैंलाई आदर्शको
पदवी थमाएरर
खुल्ला मैदानमा
ठड्याइएका होचा-अग्ला सालिकहरू
ती असीमित अक्षरहरूसँग
अनवरत
लुकामारी खेल्दैछन् ।
स्वदेश विदेशजस्तै
विदेश स्वदेशजस्तै
आफ्नो पराईजस्तै
पराई आफ्नै भएजस्तै
असीमित अक्षरहरू
अन्त्यहीन सीमायात्रामा निस्केछन् ।