क्याटलिस्ट

जिन्दगीको गोरेटोमा सुमधुर बिहानीको आभाष गराइदिने, तिमी “इस्ट” हुनुपर्छ
संगीतको मेरो मनपर्ने कलेक्सनलाई पनि माथ दिने तिमी त्यो “प्लेलिस्ट” हुनुपर्छ
कस्तो कतैबाट पनि मिलेन, जिन्दगीका पानाहरु भर्न धेरै कुराहरु गर्न बाँकी छ
मेरो कथामा हरियाली तथा सुन्दर मोड ल्याइदिने, तिमी मिठो “ट्वीस्ट” हुनुपर्छ ।
म आजभन्दा अगाडि निकै एम्लेस-होपलेस थिएँ,हरबखतआँफैमा हराईरहेको हुन्थें
तर आज मेरो मनमा सेलेब्रेशनको लहर र भुईंचालो ल्याइदिने, तिमी “फिस्ट” हुनुपर्छ ।
मनको समीकरणमा सबै मेरा लागि अन्डर रीएक्टीभ रीएजेन्स्टस, नोबेल ग्याँसजस्तै
कुनै साइड प्रोडक्ट नदिने र लक्ष्यमा चाँडै पुर्याईदिने, तिमी “क्याटलिस्ट” हुनुपर्छ ।

4 Comments

Its really very nice combination of words and feelings, …..
thank you Arjun Lamsal jee.
Last line powerful lagyo catlist hunuparxa.
thank you denix paul sir