क्रान्ति र सत्ता

क्रान्ति

सत्ता

एक आपसका

विरोधी

एउटा शुरूवात

अर्को लक्ष

क्रान्ति

जनतालाई

मीठा मीठा सपना बाँड्ने

सत्ता

जनतालाई बाँडेका सपना

आफै भोग गर्ने

क्रान्ति

सधैँ एक पछि अर्को अभियानले

अघि बढ्नु पर्ने

सत्ता

बढ्ने ठाउँ टुङ्गिएर आफूलाई त्यहीँ

अडाइ राख्नु पर्ने

क्रान्ति

सत्ता नभेटुन्जेल  चाहिने

सत्ता

भेटेपछि मोजमस्ती भइरहने

यस्तै छ नाता

क्रान्ति र सत्ताको

एउटा तोडफोड गरिरहने

अर्को मर्मत सम्भारको बोनस खाइरहने

 

लस एन्जेलस

Add a Comment

Your email address will not be published. Required fields are marked *