रोपाईं
|कविताको खेत बारीमा
बर्षाद अघि गोडमेल गरिन्छ
मलिलो भावना खन्दै जोत्दै
अक्षरहरुको बिउ छरीन्छ,
हिलाम्मे मसी लत्पताउँदै
अक्षरको ब्याड मिलाईन्छ
गैरी खेतमा रोपाई गर्न ।
कवि मनहरुको लर्को लाग्छ,
घुम ओड्दै उत्सुकताका साथ
लस्करै कवि र कवयित्रीहरू
छन्द कविता बाचन गर्दै
भब्यताकासाथ रोपाईं शुरु गर्छन् ,
क्रमबद्दरुपले आफ्नो खेतीको
आ-आफ्ना पालोमा
आ-आफ्न्नै शैलीहरुमा
गध्य-पध्य कविताको रोपाईं गर्छन् ,
साथी भाइको खेत बारीमा पसी
हिलाम्मे हुँदै अक्षरै अक्षर छ्याप्दै
वाक्यहरु लस्कर मिले नमिलेको हेर्दै
रोपाईंको सुरुवात गर्छन् ।
अर्को पल्ट अर्कै साथीको बारीमा
अक्षर उम्रिएका पालुवा हेर्दै
नयाँ शब्द मिश्रित कविताको मुना टिप्दै
आ-आफ्ना भाकामा गाउने गर्छन् ,
कसैले पिरो खोर्सानी मिसायर
च्वाट्ट स्वादिलो मुक्तक पस्कँदै
सबैले रचनाको उत्कृष्ट रस पिउँदै
जीब्रो पड्काउँदै भावनाको रसास्वादन गर्छन् ।
देश प्रेममा लत्पदिंदै बाउसेहरुलाई
अक्षरको हलोले जोत्दै
हो’हो तारे हो’हो,
हो’हो तीखे हो हो’गर्दै
शब्दको कोर्राले ढाडमा हिर्काउने गर्छन् ,
अक्षरको रोपाईंमा रमाईलो गर्दै,
चुराको झंकार, लज्जामा मुस्कानको माधु्र्यता
हिंडाइमा हंसचालसङ्गै छचल्किएको जवानी
प्रेमील कविताहरु मायाको अक्षरमा गोड्दै
सप्तरंरङ्गी ईन्द्रेणी अक्षर रस पलाई रहन्छ ।
कोही भावुक बनेर रोपाईंमा
बेदनाको बहाब बगाई दिंदा
आँसुको थोपा थोपा रसाई रहँदा
ब्याडका सबै अक्षर लत्रक्क लत्रिएको देखीन्छ
केहि बेरको बिश्रामपछि
कविताको उत्सुक्ता अघि सर्छ
सीमसीमे अक्षरको झरीले
कवितामा नित्रुक्क भिजेर
आ-आफ्नो खेत बारीमा
धान रोप्नेले धान फलाउँछ
मकै रोप्नेले मकै
तर,
कविहरुको खेत बारीमा
हामी त अक्षरको खेती गर्छौं
हाम्रो त खेत बारीमा हजुर
अक्षर रस,कविता फल्छ !