नर्थक्यारोलाइनामा महाकवि देवकोटाको सम्झना

 


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्यारोलाइना च्याप्टर तथा नर्थक्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा यहाँ एक कार्यक्रमबीच महाकवि देवकोटाको १११ औं जन्मजयन्ती सम्पन्न भयो।

कार्यक्रममा साहित्यकार  हरिहर भट्टराई (पिएचडी)ले देवकोटाको  साहित्यिक योगदान र लोकप्रियताको चर्चा गर्दै हरेक विधामा उहाँको उत्तिकै उत्कृष्ट योगदान रहेको  भएको थियो । यसैगरी समाजका नर्थक्यारोलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकोटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकोटा नेपाली साहित्यका विशाल समुद्र रहेको र उनको योगदानको बयान जति गरेपनि कमै हुने उल्लेख गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले देवकोटा नेपाली साहित्यका एक बरदान प्राप्त व्यक्तित्व भएको र वहाँको स्थान लिनसक्ने साहित्यकार नेपाली साहित्यमा अहिलेसम्म कोही नभएको बताउनु भएको थियो ।

कार्यक्रममा स्थानीय साहित्यकारहरू ठाकुर कार्की, रेवती अधिकारी,  रमेसप्रसाद गौतम,विक्रम गौतम,शिशिर खनाल, ऋषि वस्ताकोटी, नम्रता गुरागाई, निर्मला राजभण्डारी, आरती तिमल्सेना, भिमसेन बस्नेत र नेपालबाट अमेरिका भ्रमणमा रहनुभएका साहित्यकार रमेश प्रसाद गौतमलगायतले आ-आफ्ना कविता पाठ गर्नुभएकोथियो । यसै आबसरमा विरोध तिमल्सिनाले  महाकवि देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री ” गीतगाएका थिए । कार्यक्रममा नर्थक्यारोलाइनाका नेपाली स्कुलका विद्यार्थीहरूले  देउसीभैलो गाएका थिए ।

समाजका शिखर दुलालको अध्यक्षतामा गतहप्ता अर्थात अक्टुवर २० का दिन सम्पन्न सम्पन्न यस कार्यक्रमको संचालन उपाध्यक्ष शिशिर खनालको गर्नु भएको थियो भने महासचिव निर्मला राजभण्डारीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *