सम्बोधन

काउकुति लाग्छ
लाज लाग्छ
भुतुक्क हुन्छु
एकान्त अनि
भीडमा पनि
बाटोघाटो जाँहिताँहि
त्यसो नभन्नु है ।

आफूलाई नै भनेको
हो कि होइन
ठम्याउन गाह्रो लाग्छ
कविजी भन्छन्-
मलाई त कस्तो कस्तो
अप्ठ्यारो लाग्छ
आफ्नै बच्चादेखिको
बोलाउने नाम सुन्न
प्यारो लाग्छ।

5 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *