तलतल
|एकान्तमा बोलाएर खै के के गरे के के केही थाहा छैन
मनमा तलतल लाग्यो फेरि उनलाई नै नभेटि भा’ छैन।
एकान्तमा बोलाएर…
माया पिरती मानव जीवनको दसा हो कि नसा हो
कतिन्जेल गर्ने भनि भेटेर छिनोफानो नगरि भा’ छैन।
एकान्तमा बोलाएर …
एकोहोरिएको यो मन मस्तिष्कलाई दोहोरो पार्न पाए हुन्थो
पटक पटक भेट्नुभन्दा सँगै बस्ने व्यवस्था गर्न पाए हुन्थो।
एकान्तमा बोलाएर…
2 Comments
जीवनमा अप्रत्यासित अवस्थाको पहिलो अनुभव पछिको परिवेश समाबेश गरिएको प्रयोगात्मक कविता “तलतल” लाई स्थान दिई प्रकाशित गरिदिनु भएकोमा नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपाली पोष्ट nepalipost.com प्रति हार्दिक आभार ब्यक्त गर्दछु।
✍️
सहदेव कोइराला
“तलतल” का लागि कवि
एकान्तवासमा गरेको कृयाकलापबाट तलतल लागेर पुनः दोहोर्याउने ईच्छा हुनु प्राणी मात्रको स्वभाविक प्रकृया हो । ये दशा होइन, प्राकृतिक स्वतःस्फूर्त नशा हो । प्रकृति र पुरूषको मिलनबाट नै सांसारिक श्रृष्टि हुन्छ । चखेवा चखेवी झैं निरन्तर सानिध्यता पाए हुन्थ्यो भन्ने प्रस्फुटनबाट तलतललाई निमिट्यान्न पार्ने ईच्छा प्रस्तुतिकर्ता कविको नैसर्गिक छ । नयाँ नयाँ प्रयोगबाट साहित्यिक श्रीवृद्धीका साथै पाठकवर्गहरूलाई रोमान्चित तुल्याएको छ । धन्यवाद !!!