समयको खेल


समयले खै कुन्नि के खेल खेल्छ
कर्म र परिश्रम दुवै जीवनमा भोगेर
म शान्तिको अनुभूति खोज्दै थिएँ
तर खै किन हो
फेरि  अर्को नयाँ यात्रा सुरु गर्दैछु ।

अँध्यारोमा बत्ती लिएर
म  हेर्छु ?
म कहिले सही बाटोमा  हुन्छु ?
कर्म मार्ग नाप्दै
गन्तव्यमा पुग्ने प्रयास गर्छु ।

विधाताले के लेखेको छ मेरो भाग्यमा ?
मैले अहिले पनि कर्म गर्न छोडेको छैन
खुला आकाश मुनि
म बाङ्गा-टिङ्गा सडकमा घुम्दैछु
टुटेको मुटु बोकेर
म बिस्तारै बिस्तारै  पाइला सार्दै छु
असुरक्षित घुम्तिहरूमा ।

Add a Comment

Your email address will not be published. Required fields are marked *