नर्थ क्यारोलोनामा चितवनेहरुको बनभोज
|नेपालको चितवन जिल्लाबाट अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गरिरहेको वार्षिक भेटघाट तथा बनभोज कार्यक्रम यहि जुन ९,आईतबारका दिन नर्थ क्यारोलिना राज्यको राजधानी राले क्षेत्रको केरिमा सम्पन्न भएको थियो ।
सामाजिक संजाल फेसबुकमा रहेको चितवने ईन आरटिपी चितवने समूहको अग्रसरतामा आयोजना गरिएको यो भेटघाट तथा बनभोज कार्यक्रममा नर्थ क्यारोलिना राज्यका विभिन्न टाउँमा बसोवास गरिरहेका चितवने र अन्य समेत गरि लगभग ६ सय जनाको सहभागीता रहेको थियो । बनभोज कार्यक्रममा भलिबल, बास्केटबल, सांगेतिक प्रस्तुती समावेश गरिएको थियो भने बिंगो खेलको आयोजनाले बनभोज कार्यक्रममा रौनकता छाएको थियो ।
चितवने ईन आरटिपि एनुयल मिट एण्ड ग्रिट प्रोग्राम (Chitwone In RTP Annual Meet and Greet Program) नामाकरण गरिएको यो बनभोज कार्यक्रम चितवने समूहले विगत ३ वर्ष देखि चितवनेहरू बिचआपसी चिनजान तथा भेटघाट, सुख दुखका कुराहरु साटासाट गर्ने र परदेशमा समेत आपसि भाईचार र बन्धुत्वको विकास होस् भन्ने हेतुले आयोजना गर्दे आईरहेको छ, तथापि विगत वर्षहरुमा चितवनेहरूको मात्रै बनभोज कार्यक्रममा सहभागिता रहेकोमा यो वर्ष सबैका लागि खुला गरिएको थियो । स्थानिय नर्थ क्यारे पार्कमा बिहान ११ बजे देखि सांझ ५ बजेसम्म बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।