तिवारीका पाँच पुस्तकमाथि चर्चा


लेखक अशोकनाथ तिवारीका विभिन्न विधाका ५ कृतिहरूका बारेमा यही अगष्ट ११ का दिन भर्जिनियामा एक 
कार्यक्रमकाबीच चर्चा-परिचर्चा गरियो  | सो अवसरमा लेखक तिवारीका निम्न कृतिहरूको बारेमा चर्चा गरिएको थियो |
१) चुनौती (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
२) पितृलोकको वर्णन (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
३) मैले नचिनेको म (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
४) हिरासत (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
५) मैजु महारानी ( ऐतिहासिक विषयवस्तुमा आधारित)

कार्यक्रममा लेखकका नाति नातिनीहरुले कार्यक्रमको सफलताको कामना गर्दै संस्कृत श्लोकहरूको मंत्र उच्चारण गरेका थिए |  लेखकको बुहारी प्रार्थनाले संचालन गरेको यस कार्यक्रममा लेखकको धर्मपत्नी कमला तिवारीले स्वागत मन्तव्य गर्नु भएको थियो |

कृतिहरूको बारेमा काशिनाथ गौतम,होमनाथ सुबदी,दुर्गा पोखरेल,वशन्त श्रेष्ठ,सुदीपभद्र खनाल,तिर्थ पाण्डे,,सन्तोष खरेल,भुपनारायण घर्ती,जयदेव गौतम,
 लेखनाथ भण्डारी  लागयातका वक्ताहरूले चर्चा गरेका थिए |

कार्यक्रम नेपाली राजदूतवासका कार्याबाहक राजदूत कुमार खरेलको अध्यक्ष
तामा सम्पन्न भएको थियो |
यी सबै कृतिहरू  हिमालयन प्रतिष्ठान काठमाडौंले प्रकाशित गरेको हो |
उक्त अवसरमा चर्चा गरिएका तिवारीका कृतिहरूमध्ये  ‘पितृलोकको वर्णन’ (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह) का सम्बन्धमा २ हप्ता पहिले नेपाली प्रकाशित  परिचयात्मक लेख ‘पितृलोकको वर्णनःराम जन्मभूमिको बयान’  तलको लिंकमा गएर (क्लिक गरेर) पढ्न सकनुहुनेछ –

Add a Comment

Your email address will not be published. Required fields are marked *