भोलि भेट हुने आज लामो भयो सखारै झुल्किने घाम कता गयो खेल्दा खेल्दा मनमा कुरा खेली नै रह्यो झिलिमिली जूनताराले छेलि नै रह्यो निदाउने आँखामा तिम्रो तस्विर आयो
२५ बर्ष पुग्न लागिसक्यो तिमीसँग एकतर्फी माया बसेको जिन्दगी एउटा प्रेमको मैदान रहेछ त्यसैले एकदिन पाउछु भन्दै सङ्कल्प गरेको । धेरै रोए आमाको अगाडि धेरै खोलि बाबुको गोजि
मिर्मिरेमा चिरबिर गर्दै मैना बोली दशैं आयो छायो मुस्कान मखमलीले सयपत्रीले सुवास झिसमिसेमा कागले पनि सन्देश ल्यायो दशैं सौन्दर्य र शुद्धताको सँधै नयाँ बहार ल्यायो । रोप्यो
विकृत मनस्थिती बोकेर सृजना नगर चाहिंदो भन्दा बढि नामको तृषना नगर । भगवान ढुङ्गामा कुदिएका छन् के बोल्लान्, ढुङ्गाको अगाडि उभिएर प्रार्थना नगर । मोल(मोलाहिजमा प्रेमको पर्दा
चिसो हुँदा खोकिलाको ऊन ओडाउँथिन् तातो भए आकाशको जून ओडाउँथिन् नपाएमा ऊनहरू नआएमा जूनहरू मेरी आमा मुस्कानमा प्रभातको घाम मिसाउँथिन। मेरी आमा मुहारमा हृदयको फूल फुलाउँथिन् । ***
हरेक बिहान नयाँ लाग्छन् यौवन उक्लिंदैछ माथी बसाईं सर्दा कति छुटे कति बने नयाँ साथी आफन्तको जरा, हाँगा, डाली टाढा परै छुट्यो थाहा छैन समयले क्यै दियो कि
ए मान्छे तिमीले सोचेकोभन्दा फरक देख्न मन छ सधैं देख्न चाहने चेहरामा रौनक देख्न मन छ तिमिले जिन्दगीभर मेरो बर्बादी देख्न चाहिरह्यौ मलाई यो छातिमा तिमी हिड्ने सडक
अब हिमालमा हिउँ छैन छ केबल काला चट्टान फुस्रो र नियास्रो आँफैमा उराठ सेतो चाँदी जस्तो हिउँको नियास्रोमा बैराग्य । अब हिमालमा हिउँ छैन छन् त केवल महत्वाकाँक्षी
कस्तो जिन्दगी यो भास मात्रै रहेछ डुब्ने हो कि भन्ने त्रास मात्रै रहेछ पेल्छन् दुर्दशाले चाहना हुन्छ धूलो पुग्ने हैन इच्छा आस मात्रै रहेछ निल्छन् हीनताले बस्छ मूढोसरी
बूढो सिमलको रूखमा चुच्चे चराले- बर्षौं ठुँगी ठुँगी बनाएको कठप्वाल जस्तै भएको छ- तिम्रो प्रेमको चुच्चाले ठुँग्दा ठुँग्दा मेरो मुटुको प्वाल । यति हुँदाहुँदै पनि, मैले बाँचेका हरेक
नश्वर जिन्दगी मरेर जान्छ आखिर अग्निमा बलेर जान्छ झेल्दछ उष्णता,तुषार,पानी झर्दछ पात झैँ सुकेर जान्छ पेल्दछ हर्दमै कठोरताले निर्मम चोटले दुखेर जान्छ मिल्दछ भेलमा बलिन्द्र आँसु नौ सय