यो चिसो रातलाई भोलिपल्ट घाममा सुकाउँछु भन्छु बिहान उठेपछि न्यानो घामले बिर्साइदिन्छ घाम र म लठ्ठा बाजी हुँदै मेरो दिन जान्छ । फेरि उही चिसो सिरेटोमा कठङ्ग्रिएको मुटुलाई
बा ! आज भाइले कलम जितेर आयो वाद-विवाद प्रतियोगितामा शीर्षक थियो- “बन्दुक ठूलो कि कलम” ?! घर आयो हजुरले किनिदिएको नक्कली बन्दुक बाकसबाट निकालेर हेर्यो हजुरको फोटो नियाल्यो
सुखसयलहरू कहानी भए रहर जति सबै खरानी भए उकुसमुकुसले डसे सर्वदा सुमधुर सपना चलानी भए नियमित शर हानियो देहमा दलिल नियतिका किटानी भए सरल,सुजन टाक्सिए हर्दमै कलुषित दिलका
जीवनको अन्तिम समयमा, केही बोल्न मन लाग्यो वरिपरि हेरेँ, कोही देखिन, उही किर्-किर गर्ने पुरानो पंखा थियो, उही डुब्न लागेको घाम । कती समयदेखि गुम्सिएर बसेको भावना, खुलेर
आलिया भट्टले जन्मदिन मनाएको समाचार छापिएकै पानामा खोजेँ एकछिन साँझमा बेसार पैंचो माग्न गएकी जरायोटारकी मकै साहुनीको पनि समाचार तर भेटिन । हरेक दिन समाचार बन्ने घटना हुन्छ
बिछ्यौनामा लडें तर निद आएन उसको यादमा रात बिताएँ जीवन मेरो यतिकैमा सीमित रहेछ क्यारे ! उसको चिठ्ठी भित्र यी आखाँहरू पनि थाकिसके उसको बाटो हेर्दा-हेर्दै मेरो मायामा
कस्तो जित रोज्दैछ मान्छे ? के जित्न खोज्दैछ मान्छे ? दोस्रो विश्वयुद्धपछि कति घाउ बोके ईश्वरले आज पनि मान्छे मान्छेलाई मार्नलाई ईश्वरसङ्ग प्रार्थना गर्दैछ । पुरुष मनहरु जित्नमा
झगड़ा गर्दै बस्नु के मिच्दै साँध र सिमाना, जाँगर गरे जहाँ नि’ पुग्छ सबैको चाहना । अधुरो सपना मनको अठोटसाथमा लिएर, भिरेर झोला र आँटको पहिरन, हिंडेथ्यो निस्केर
बामे सर्दा भूइंको धूलोमा छुटेछन् केही थान सपनाहरू उठ्न टेको लाग्दा टेकोमै टाँसिएछन् दौडिँदा छुटेछन् केही केही दोबाटोमा उनको बाटो कुर्दा केही चौतारोमा थकाई मार्दा छुटेछन् सपनाहरू !
कहाँ पुग्यौ मायालु निश्चित दिशा थिएन सँगै जाउँ भनेथेँ मलाई भिसा दिएन आधा मुटु सँगालेनि आधा मुटु दु:ख्छ सम्झि सम्झि कति रोउँ आँसु थोरै हुन्छ निरस भए आँखा
बन्दैन देश झगडा र रोषले नासिन्छ प्रेम जनका विरोधले हाम्रो छ उच्च इतिहास शान्तिको गर्दैछ आदर समस्त लोकले फ्याकौँ विकार जति जे छ चित्तमा स्वीकार्नु पर्छ परिहास खोटले
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने समय १५ दिन थप भएको जानकारी सार्वजनिक गरेको छ |
हो, जसरी हेरियोस् मलाई र, जे जसरी सम्झियोस् म त तिमी सामु बगिरहन्छु अविरल अविचल तिम्रा सङ्गीतका मुर्च्छनाहरूमा तिम्रा सनाई र मुर्चुङ्गाका तालहरूमा म बजिरहन्छु । तिमीले बनाएको
अति कहर कटायो निर्दयीले सरस पल भगायो निर्दयीले छलकपट सबै यो भाग्यकै हो सरल मन छकायो निर्दयीले सुमधुर सपना भो छिन्नभिन्न प्रिय अलग गरायो निर्दयीले टनकटनक गर्दै पोल्छ
हिजो बाचा गरेका कुरा कहाँ गए हजुर ? झन् बढ्यो चुरिफुरी तिम्रो, बढ्यो गजुर ! आजकल बल्ल तिम्रो कुरोको चुरो बुझिंदैछ सत्य कमै सुनिन्छ,तर देखिन्छ जरूर । मेरो
फेरि निस्किँदैछ एउटा विशाल जुलुस आफ्ना हराएका सपना खोज्न र सपना अलपत्र पार्ने पुरानो जुलुस खोज्न । हाम्रो आँसुजस्तै बर्सिने यी बादलका ओसिला झुप्पाहरू या हाम्रो छातीजस्तै भत्भती